'लुम्बिनीमा ट्राफिक नियम उल्लघंन गर्ने ७५३ जना कार्वाहीमा'

५ वर्ष अगाडि

दाङ । लुम्बिनी प्रदेशमा ट्राफिक नियम विपरित सवारी सधान चलाउने ७ सय ३५ जना कार्वाहीमा परेका छन्। यो कार्वाहीको संख्या एक दिनको हो । मंगलबार विहान ५ बजेदेखि बुधबार विहान ५ सम्म २४ घण्टाको अवधिमा प्रदेशका विभिन्न जिल्लामा ट्राफिक प्रहरीले उनीहरुलाई कार्वाही गरेको हो ।

कार्वाहीमा परेका ७ सय ३५ जनाबाट ट्राफिक प्रहरीले ४ लाख ९० हजार रुपैयाँ राजस्वसमेत उठाएको प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। यसरी कार्वाहीमा पर्नेमा सबैभन्दा धेरै नवलपरासी पश्चिममा १ सय ६४ जना रहेका छन् । त्यसपछि बाँकेमा १ सय १९, दाङमा ९८, रुपन्देहीमा ८५, कपिलवस्तुमा ७८, बर्दियामा ५४ जना रहेका छन् ।

त्यसैगरी पाल्पामा ५३, गुल्मीमा २१, अर्घाखाँचीमा २६, प्युठानमा २२, रोल्पामा ११ र रुकुम पूर्वमा ४ जना रहेका छन् ।

यसैबीच सोही समयवधिमा लुम्बिनी प्रदेशको तीन जिल्ला नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तुबाट प्रहरीले भन्सार छली गरी ल्याएको विभिन्न अवैध सामान बरामद गरेको छ। प्रदेश प्रहरी कार्यालय दाङका अनुसार प्रहरीले कपडा, चिनी, चामल, लाइटका सामानहरु, स्मोकिङ पेपर तथा अन्य सामान बरामद गरेको हो ।

जसबाट २ लाख २१ हजार २सय बराबरको राजस्व उठेको प्रहरीले जनाएको छ। चडपर्व नजिकिएसँगै प्रहरीले यात्रु सहायता कक्ष स्थापनाका साथै नाकामा चेकजाँच पनि बढाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

२५ वर्ष कैद सजाय सुनाइएका हत्याका दोषी फरारपछि पक्राउ

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक: सचिव नियुक्तिदेखि कार्यविधि स्वीकृतिसम्म निर्णयहरू

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी दरबन्दी थपिने, अर्थ मन्त्रालयबाट स्वीकृति

सिन्धुलीमा जन्ती बोकेको बोलेरो दुर्घटना, पाँच जना घाइते

सिरहाको बरियारपट्टी छोटी भन्सार बन्द गर्ने निर्णयविरुद्ध आन्दोलन, हुलाकी मार्ग अवरुद्ध

दोस्रो चरणमा १७ लाख स्मार्ट लाइसेन्स छपाइ सुरु, असारभित्र सक्ने लक्ष्य

जुम्लामा वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ