'सगरमाथा आरोहणका क्रममा लेक लागेर अनुभवी गाइड विजय घिमिरेको निधन'

२ घण्टा अगाडि

सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका–७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर आज निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको क्याम्प–१ क्षेत्रमा पुगेका आरोही घिमिरे आज बिहान करिब ४ः०० बजेतिर अचानक बिरामी परेका थिए ।

उनलाई तत्काल बेस क्याम्पतर्फ फर्काउने क्रममा बाटोमै निधन भएको हो ।

ट्रेक नेपाल कम्पनीमार्फत आरोहणमा सहभागी घिमिरेको शव हेलिकोप्टरमार्फत लुक्ला हेलिप्याड ल्याइएको र परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि पनि सगरमाथाको चुचुरो चुमिसकेका घिमिरे पछिल्लो समय आरोही ‘गाइड’को रूपमा समेत कार्यरत थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

चितवनमा विवाह भोज खाँदा ९३ जना बिरामी, दुई जनाको आईसीयूमा उपचार

एसईईको नतिजा मंगलबार सार्वजनिक हुने तयारी, सबै प्रक्रिया पूरा

सिन्धुलीमा शनिबार साँझ चट्याङ लागेर एक जनाको मृत्यु

देवदह खानेपानीको ९ औं वार्षिक साधारणसभा सम्पन्न

बुटवलमा आजदेखि तीनदिने मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन

नवलपुरमा टिप्परको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त

जेनजी आन्दोलनमा हराएको २५५ राउन्ड गोली फेला