'चितवनमा विवाह भोज खाँदा ९३ जना बिरामी, दुई जनाको आईसीयूमा उपचार'

२ मिनेट अगाडि

भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि ‘फुड पोइजनिङ’ भई बिरामी हुनेको सङ्ख्या ९३ पुगेको छ । तीमध्ये हाल ५० जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यही वैशाख २३ गते भोज खाएकाहरू बिरामी हुन थालेका हुन् । बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । केहीको काठमाडौँको निजामति कर्मचारी (सिभिल) अस्पताल, त्रिवि शिक्षण अस्पताललगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले जानकारी दिए ।

“हालसम्म बिरामी भएका ९३ जनामध्ये ५० जना उपचाररत रहेको छन् । दुई जनाको सघन उपचार कक्षमा राखेर उपचार गरिएकोमा अवस्थामा सुधार आएपछि वार्डमा सारिएको छ । बिरामी सबैको अवस्था खतरामुक्त रहेको जानकारी प्राप्त भएको छ”, उनले प्रहरी उपरीक्षक पुरीले भने ।

घटनापछि पार्टी प्यालेसका दुई जनालाई नियन्त्रणमा लिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले यससम्बन्धी थप अध्ययन गर्ने प्रहरी उपरीक्षक पुरीले जानकारी दिए ।

डिभिजन कार्यालय प्रमुख प्रमोदचन्द्र पौडेलले चिकित्सकले विषाक्त खानाका कारण बिरामी भएको मौखिक रूपमा जनाएको र बाँकी विषयमा आफूहरूले अनुसन्धान गर्ने बताए। बिरामीमा उच्च रक्तचाप, कडा ज्वरो र पखालाको लक्षण देखिएको जनाइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एसईईको नतिजा मंगलबार सार्वजनिक हुने तयारी, सबै प्रक्रिया पूरा

सगरमाथा आरोहणका क्रममा लेक लागेर अनुभवी गाइड विजय घिमिरेको निधन

सिन्धुलीमा शनिबार साँझ चट्याङ लागेर एक जनाको मृत्यु

देवदह खानेपानीको ९ औं वार्षिक साधारणसभा सम्पन्न

बुटवलमा आजदेखि तीनदिने मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन

नवलपुरमा टिप्परको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त

जेनजी आन्दोलनमा हराएको २५५ राउन्ड गोली फेला