'बुटवलमा आजदेखि तीनदिने मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन'

५१ सेकेन्ड अगाडि

बुटवलमा आजदेखि तीन दिने राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन सुरु भएको छ ।

नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आजदेखि बुटवल उद्योग वाणिज्य संघको सभाहलमा ३ दिनसम्म सञ्चालन हुने सम्मेलनमा देशभरबाट विभिन्न जिल्लाका महासंघ प्रतिनिधि, केन्द्रीय नेताहरु, विभिन्न पत्रकार सम्बद्ध संघसंगठनका अध्यक्षहरु, राष्ट्रिय स्तरका तथा मोफसलमा रहेका सञ्चार माध्यमहरुमा लामो समय अनुभवप्राप्त व्यक्तित्वहरुको सहभागिता रहने महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए ।

सम्मेलनमा विभिन्न ९ वटा विषयमा समूहगत छलफल हुने भएको छ । जस अन्तरगत पहिलो दिन ३ वटा र दोस्रो दिन ६ वटा विषयमा समूहगत छलफल गरिने सचिव सीपी खनालले जानकारी दिए । तेस्रो दिन देशभरबाट सहभागी प्रतिनिधिहरु बीच प्रदेशगत रुपमा पत्रकारिताको विगत, वर्तमान र भविष्यबारे चुनौती सहित अवसर बारेमा छलफल गरी निष्कर्ष निकालिने कार्यतालिका रहेको उनले बताए ।

सम्मेलनमा रुपन्देही बाहिरबाट एक सय जना बढी प्रतिनिधिहरु सहभागी हुँदैछन् भने जिल्लामा रहेका पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसहित ३ सय बढीको सहभागिता रहने अनुमान गरिएको छ। विभिन्न जिल्ला तथा सातै प्रदेशका महासंघ प्रतिनिधिहरु, केन्द्रीय पदाधिकारी तथा विभिन्न सञ्चार गृहका प्रतिनिधिहरु बीच छलफल हुने सम्मेलन वैशाख २८ गते बुटवल घोषणापत्र जारी गर्दै समापन हुनेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नवलपुरमा टिप्परको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त

जेनजी आन्दोलनमा हराएको २५५ राउन्ड गोली फेला

कम्बोडियाबाट स्वदेश फर्किन २११ नेपाली दूतावासको सम्पर्कमा

एमालेले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गर्‍यो

सरकारले १५ अवैतनिक दूतलाई पदमुक्त गर्‍यो

अध्यादेश र प्रधानन्यायाधीश नियुक्तिप्रति हर्क साम्पाङको कडा आपत्ति

तुइन खोलामा सुक्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा