'नवलपुरमा टिप्परको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते'

२ दिन अगाडि

नवलपुरको गैँडाकोट नगरपालिका–९, थुम्सीस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा परी श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन ।

नारायणगढबाट भेडाबारीतर्फ आउँदै गरेको ना. ७ ख. ८६२१ नम्बरको टिप्परले सोही दिशातर्फ आइरहेको लु. ४१ प. ९२३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी अनिल पंडितले को जानकारी अनुसार मोटरसाइकलको पछाडि सवार देवचुली नगरपालिका–१० निवासी ३५ वर्षीया जमुना गिरी थापाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक मृतकका श्रीमान् ४० वर्षीय राजबहादुर थापा घाइते भएका हुन । उनको दुवै हात, खुट्टा र अनुहारमा चोट लागेको छ ।

मृतक थापाको टाउकोमा गम्भिर चोट लागेको थियो । उपचारका क्रममा उनको नयाँ मेडिकल कलेज, भरतपुरमा मृत्यु भएको सूचना अधिकारी पंडितले जानकारी दिए ।

दुर्घटनामा संलग्न टिप्पर र चालक भरतपुर महानगरपालिका–१८, शशीनगर निवासी ३२ वर्षीय सुनिल महतोलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

चितवनमा विवाह भोज खाँदा ९३ जना बिरामी, दुई जनाको आईसीयूमा उपचार

एसईईको नतिजा मंगलबार सार्वजनिक हुने तयारी, सबै प्रक्रिया पूरा

सगरमाथा आरोहणका क्रममा लेक लागेर अनुभवी गाइड विजय घिमिरेको निधन

सिन्धुलीमा शनिबार साँझ चट्याङ लागेर एक जनाको मृत्यु

देवदह खानेपानीको ९ औं वार्षिक साधारणसभा सम्पन्न

बुटवलमा आजदेखि तीनदिने मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन

नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त

जेनजी आन्दोलनमा हराएको २५५ राउन्ड गोली फेला