नेपाली कांग्रेस निकट नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त भएकी छन् ।
सभापति गगन थापाले चितवन निवासी खरेललाई महिला संघको अध्यक्षमा नियुक्त गरेका हुन् ।
गत निर्वाचनमा चितवन–२ बाट रास्वपा सभापति रवि लामिछानेसँग नवनियुक्त खरेलले प्रतिस्पर्धा गरेकी थिइन् ।
असहाय महिला तथा बालबालिकाको क्षेत्रमा खरेलले काम गर्दै आएकी छन् । खरेललाई तोकिएको समयभित्र महाधिवेशन गर्ने कार्यादेश दिइएको छ ।
२०७३ सालदेखि महिला संघको निर्वाचन हुन सकेको छैन । यसअघि अध्यक्ष रहेकी उषा मिश्रको समितिले पनि महिला संघको महाधिवेशन गर्न सकेको थिएन।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0