'देवदहमा स्टेम चेजमेकर तथा विपद् व्यवस्थापन कार्यक्रम सम्पन्न'

९ घण्टा अगाडि

देवदह । नेपाल स्काउट लुम्बिनी प्रदेशको आयोजनामा देवदह नगरपालिकाभित्र रहेका विभिन्न विद्यालयहरूमा “स्टेम (STEM) चेंजमेकर कार्यक्रम” तथा विपद् व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। कार्यक्रम युवाहरूमा विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित (STEM) शिक्षाप्रति रुचि बढाउने, सिर्जनशीलता विकास गर्ने तथा व्यवहारिक जीवनोपयोगी सीप प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।

कार्यक्रममा प्रशिक्षक तथा स्काउट मास्टरहरू सुरज भट्टराई, पूजा बोहरा, अमृत बी.के., दिल कुमार बी.के., नेहा सुवेदी, आरती पराजुली तथा पार्वती क्षेत्रीले सहजीकरण गर्नुभएको थियो। उहाँहरूले सहभागी विद्यार्थीहरूलाई विभिन्न सिर्जनात्मक, प्रयोगात्मक तथा समस्या समाधानमा आधारित गतिविधिमार्फत STEM शिक्षाको व्यवहारिक ज्ञान प्रदान गर्नुभएको थियो। यस कार्यक्रम अन्तर्गत देवदह क्षेत्रका पाँच विद्यालयमा STEM चेंजमेकर कार्यक्रम सञ्चालन गरिएको थियो।

केरवानी माध्यमिक विद्यालयमा केरवानी स्काउट ट्रुप अन्तर्गत ३२ जना विद्यार्थी सहभागी भएका थिए। त्यसैगरी न्यू लुम्बिनी इङ्ग्लिस बोर्डिङ स्कुलमा ८५ जना, ग्रीनप्लान्ट बोर्डिङ स्कुलमा ९५ जना, देवदह मदर टङ्ग्स एकेडेमीमा ६५ जना तथा बुद्ध पब्लिक स्कुलमा १६ जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमका क्रममा विद्यार्थीहरूले विज्ञान तथा प्रविधिमा आधारित विविध प्रयोग, समूहगत गतिविधि, नेतृत्व विकास तथा वास्तविक जीवनसँग जोडिएका समस्या समाधानका अभ्यासहरू गरेका थिए। सहभागीहरूले STEM शिक्षामार्फत नयाँ सिकाइ अनुभव हासिल गर्नुका साथै आत्मविश्वास, सिर्जनशीलता र सहकार्य गर्ने क्षमता विकास भएको बताएका छन्।

यसैबीच, देवदह स्काउट ट्रुपद्वारा विपद् व्यवस्थापन (DMT) सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरिएको थियो। कार्यक्रममा प्राथमिक उपचार (First Aid), CPR तथा आगलागी नियन्त्रण (Fire Control) सम्बन्धी व्यवहारिक अभ्यास गराइएको थियो। विशेषगरी भान्सामा हुने आगलागी नियन्त्रण गर्ने उपाय, जोखिमपूर्ण आगो नियन्त्रण गर्ने तरिका तथा आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सावधानीबारे विद्यार्थीहरूलाई प्रशिक्षण दिइएको थियो। कार्यक्रममा प्रशिक्षक अमृत बी.के. सहित स्काउट मास्टरहरूले विद्यार्थीहरूलाई टोली भावना, साहस र सेवाभावका साथ विपद् व्यवस्थापनसम्बन्धी ज्ञान तथा सीप प्रदान गर्नुभएको थियो।

यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा नवप्रवर्तन सोच, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व तथा विपद्का समयमा आवश्यक व्यवहारिक सीप विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको स्थानीय सकाउट कार्यालय देवदह नगर समिति सदस्य सुरज भट्टराईले बताउनुभयो । साथै, STEM शिक्षा र विपद् व्यवस्थापनसम्बन्धी तालिमले युवाहरूलाई भविष्यका जिम्मेवार, सक्षम तथा परिवर्तनकारी नागरिक बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नवलपुरमा टिप्परको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त

जेनजी आन्दोलनमा हराएको २५५ राउन्ड गोली फेला

कम्बोडियाबाट स्वदेश फर्किन २११ नेपाली दूतावासको सम्पर्कमा

एमालेले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गर्‍यो

सरकारले १५ अवैतनिक दूतलाई पदमुक्त गर्‍यो

अध्यादेश र प्रधानन्यायाधीश नियुक्तिप्रति हर्क साम्पाङको कडा आपत्ति

तुइन खोलामा सुक्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा