'खोटाङमा चुँडिएको विद्युत् तारबाट करेन्ट लागेर एक जनाको मृत्यु'

२ दिन अगाडि

चुँडिएर जमिनमा झरेको विधुतको तारबाट करेन्ट लाग्दा खोटाङमा एकको मृत्यु भएको छ ।

चुँडिएर जमिनमा झरेको विद्युतको तार छुन पुग्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राईको मृत्यु भएको हो । मल बोक्न गएकोबेला चुँडिएर जमिनमा झरेको तार छुँदा राईको घट्नास्थलमै मृत्यु भएको बतासेका वडाध्यक्ष बबेन्द्र राईले बताए ।

राईले नेपाल विद्युत प्राधिकरणका प्राविधिकको सल्लाहमा बेलाबेलामा ट्रान्समिटरको फ्युँज फेर्ने काम गर्दैआएका थिए । वैशाख २२ गते भने विद्युतको तार छिनेर भुईं‌मा झरेको देखेर चेक गर्नेक्रममा राईलाई करेन्ट लागेको वडाध्यक्ष राईले बताए । विद्युतको तार हावाहुरीले चुँडाएर जमिनमा झारेको अनुमान गरिएको छ ।

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने तयारी भइरहेको छ । मृतकको तीन छोरा र एक छोरी छन् ।

 

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा आजदेखि तीनदिने मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन

नवलपुरमा टिप्परको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त

जेनजी आन्दोलनमा हराएको २५५ राउन्ड गोली फेला

कम्बोडियाबाट स्वदेश फर्किन २११ नेपाली दूतावासको सम्पर्कमा

एमालेले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गर्‍यो

सरकारले १५ अवैतनिक दूतलाई पदमुक्त गर्‍यो

अध्यादेश र प्रधानन्यायाधीश नियुक्तिप्रति हर्क साम्पाङको कडा आपत्ति