'प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद् बैठक बोलाइयो'

२ दिन अगाडि

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएसँगै प्रधानमन्त्री वालेन्द्र शाहले संवैधानिक परिषद् बैठक बोलाएका छन् ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बिहीबार अपरान्ह ५ बजे बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५स्०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ । बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको छ।

बैठकमा सहभागी हुनका लागि सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीमराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नवलपुरमा टिप्परको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त

जेनजी आन्दोलनमा हराएको २५५ राउन्ड गोली फेला

कम्बोडियाबाट स्वदेश फर्किन २११ नेपाली दूतावासको सम्पर्कमा

एमालेले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गर्‍यो

सरकारले १५ अवैतनिक दूतलाई पदमुक्त गर्‍यो

अध्यादेश र प्रधानन्यायाधीश नियुक्तिप्रति हर्क साम्पाङको कडा आपत्ति

तुइन खोलामा सुक्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा