'घर भत्किएपछि हराएका व्यक्ति दिउँसो मृत अवस्थामा फेला'

६ दिन अगाडि

बल्खुमा आज खाली गरिएको सुकुमवासी बस्ती नजिक खोलामा एक व्यक्ति मृत फेला परेका छन् ।

शुक्रबार बिहान घर भत्केको हेर्न सक्दिनँ भन्दै निस्किएका व्यक्ति दिउँसो बल्खु खोलामा मृत भेटिएका हुन् ।

मृत फेला परेका व्यक्ति ६१ वर्षीय ईन्द्रबहादुर राई रहेको उनकी पत्नी सरिता राईले बताइन् । ‘बिहान घर भत्किएपछि एक्लै बर्बराउँदै हेर्न सक्दिनँ भनेर निस्किनुभएको थियो,’ सरिताले भनिन्, ‘अहिले यस्तो अवस्थामा भेटिनुभयो ।’

पत्नी सरिता र उनका छोरा अहिले घटनास्थलमै छन् । स्थानीयबासीका अनुसार ईन्द्रबहादुरको परिवार बल्खुको सुकुमवासी बस्तीमा १६/१७ वर्षदेखि बस्दैआएको थियो ।

उनी बल्खुस्थित सब्जीमण्डीमा काम गर्ने गरेको पनि स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले भने मृतकको परिचय र मृत्युको कारण खुलाएको छैन ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

२५ वर्ष कैद सजाय सुनाइएका हत्याका दोषी फरारपछि पक्राउ

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक: सचिव नियुक्तिदेखि कार्यविधि स्वीकृतिसम्म निर्णयहरू

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी दरबन्दी थपिने, अर्थ मन्त्रालयबाट स्वीकृति

सिन्धुलीमा जन्ती बोकेको बोलेरो दुर्घटना, पाँच जना घाइते

सिरहाको बरियारपट्टी छोटी भन्सार बन्द गर्ने निर्णयविरुद्ध आन्दोलन, हुलाकी मार्ग अवरुद्ध

दोस्रो चरणमा १७ लाख स्मार्ट लाइसेन्स छपाइ सुरु, असारभित्र सक्ने लक्ष्य

जुम्लामा वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ