'वाणिज्य बैंकहरुको खुद नाफा १९.३० प्रतिशतले वृद्धि, ४९ अर्बभन्दा बढी कमाए'

६ घण्टा अगाडि

वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष २०८२र८३ को चैत्र मसान्तसम्म आइपुग्दा बैंकहरुको नाफा १९ प्रतिशतले बढेको हो ।

बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस अवधिमा वाणिज्य बैंकहरुले ४९ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएका छन् ।

जबकि गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले ४१ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएका थिए ।

यस अवधिमा सबैभन्दा बढी नबिल बैंकले नाफा कमाएको छ । यस बैंकले ६ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

सर्वाधिक नाफा कमाउनेको दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकले चैत्रसम्म ४ अर्ब ४० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरणमा उल्लेख छ ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये नाफामा सर्वाधिक वृद्धिदर कुमारी बैंकको रहेको छ । यस बैंकले चालू आवको तेस्रो त्रैमाससम्म ४ अर्ब १७ करोड नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १३६१.७६ प्रतिशत बढी हो । त्यसबेला बैंकले २८ करोड ५८ लाख मात्रै नाफा कमाएको थियो

नाफामा सबैभन्दा बढी गिरावट प्रभु बैंकको देखिएको छ । यस बैंकको नाफा ५४ प्रतिशतले घट्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३० प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

जलेका गाडीको नाममा स्वास्थ्य मन्त्रालयमा इन्धन दुरुपयोग

नवलपुरमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु

सिरहा सीमाबाट करिब ३ लाखका अवैध सामान बरामद

सुनचाँदीको भाउ घट्यो, सुन तोलामा ३ हजारले सस्तो

विद्यालय भर्ना आजदेखि, पढाइ २१ वैशाखबाट सुरु हुने

तिलोत्तमा वडा कार्यालयमै स्थानीयमाथि साङ्घातिक आक्रमण

दाङमा चारदिने स्वीप अप्रेसन: १६२ जना नियन्त्रणमा, ५ फरार पनि पक्राउ