'नवलपुरमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु'

७ घण्टा अगाडि

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर)को मध्यबिन्दु नगरपालिका–७ हरियाली जंगल क्षेत्रमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुम्किबासबाट कावासोतीतर्फ आउँदै गरेको लु १ ख ९५८० नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ग.प्र.०१–००१ च ०४७४ नम्बरको कार आज बिहान करिब १०:५५ बजे ठोक्किएका थिए ।

दुर्घटनामा कार चालक अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

टाउकोमा गम्भीर चोट लागेको अवस्थामा ट्रक चालकले नै उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्‍याएकामा उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

मृतकको नाम, थर, ठेगाना खुल्न भने बाँकी रहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

जलेका गाडीको नाममा स्वास्थ्य मन्त्रालयमा इन्धन दुरुपयोग

वाणिज्य बैंकहरुको खुद नाफा १९.३० प्रतिशतले वृद्धि, ४९ अर्बभन्दा बढी कमाए

सिरहा सीमाबाट करिब ३ लाखका अवैध सामान बरामद

सुनचाँदीको भाउ घट्यो, सुन तोलामा ३ हजारले सस्तो

विद्यालय भर्ना आजदेखि, पढाइ २१ वैशाखबाट सुरु हुने

तिलोत्तमा वडा कार्यालयमै स्थानीयमाथि साङ्घातिक आक्रमण

दाङमा चारदिने स्वीप अप्रेसन: १६२ जना नियन्त्रणमा, ५ फरार पनि पक्राउ