'सिरहा सीमाबाट करिब ३ लाखका अवैध सामान बरामद'

७ घण्टा अगाडि

सशस्त्र प्रहरीले सिरहा नगरपालिका-१७ पटेर्वास्थित नेपाल-भारत सीमा क्षेत्रबाट करिब तीन लाख मूल्य बराको सामग्री बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नं. ७ गण अन्तर्गत सीमा सुरक्षा गुल्म मुख्यालय माडरबाट खटिएको टोलीले नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ ओसारपसार गर्दै गरेका सामानहरु अवैध भन्दै नियन्त्रणमा लिएको हो ।

सशस्त्रका अनुसार २ लाख ५० हजार बराबरको स। ८ प १२३४ नम्बरको नेपाली मोटरसाइकल, २० हजार बराबरको मदिरा र २५ हजार २८५ रपैयाँ बराबरको विभिन्न पेय पदार्थसहितका सामग्री नियन्त्रणमा लिएको छ ।

बरामद सामानलाई आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल सिरहाका एसपी सुमनजंग थापाले जनाएको छ । भारतबाट १०० सय रुपैयाँ बराबरको समान ल्याए अनिवार्य भन्सार लाग्ने व्यवस्था गरेसँगै सशस्त्र प्रहरीले सिमानाकामा कडाइ गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

जलेका गाडीको नाममा स्वास्थ्य मन्त्रालयमा इन्धन दुरुपयोग

वाणिज्य बैंकहरुको खुद नाफा १९.३० प्रतिशतले वृद्धि, ४९ अर्बभन्दा बढी कमाए

नवलपुरमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु

सुनचाँदीको भाउ घट्यो, सुन तोलामा ३ हजारले सस्तो

विद्यालय भर्ना आजदेखि, पढाइ २१ वैशाखबाट सुरु हुने

तिलोत्तमा वडा कार्यालयमै स्थानीयमाथि साङ्घातिक आक्रमण

दाङमा चारदिने स्वीप अप्रेसन: १६२ जना नियन्त्रणमा, ५ फरार पनि पक्राउ