'विद्यालय भर्ना आजदेखि, पढाइ २१ वैशाखबाट सुरु हुने'

७ घण्टा अगाडि

शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ ।

सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेअनुसार आजदेखि शैक्षिकसत्र सुरु भएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले बताए ।

‘आजदेखि शैक्षिकसत्र सुरु भएको छ । विद्यार्थी भर्ना गर्न अनुरोध गर्दछौं,’ उनले भने, ‘पठनपाठन भने २१ गतेबाट हुन्छ ।’

यसअघि २ वैशाखबाट भर्ना हुने गरेको थियो । तर पेट्रोलियम पदार्थ आपूर्तिको असहजता देखाउँदै शैक्षिकसत्र सारिएको भए पनि स्थानीय तहहरूले धमाधम विद्यालय सञ्चालन गरिरहेका छन् ।

शैक्षिक सत्र सुरु भइसकेकाले समयमा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउन पनि सरकारले भनेको छ ।

विद्यालय तहमा करिब ७० लाख बालबालिका अध्ययनरत रहेको अनुमान छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

जलेका गाडीको नाममा स्वास्थ्य मन्त्रालयमा इन्धन दुरुपयोग

वाणिज्य बैंकहरुको खुद नाफा १९.३० प्रतिशतले वृद्धि, ४९ अर्बभन्दा बढी कमाए

नवलपुरमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु

सिरहा सीमाबाट करिब ३ लाखका अवैध सामान बरामद

सुनचाँदीको भाउ घट्यो, सुन तोलामा ३ हजारले सस्तो

तिलोत्तमा वडा कार्यालयमै स्थानीयमाथि साङ्घातिक आक्रमण

दाङमा चारदिने स्वीप अप्रेसन: १६२ जना नियन्त्रणमा, ५ फरार पनि पक्राउ