'नेप्से परिसूचक ७.७३ अंकले बढ्यो, कारोबार ४.७४ अर्बमा सीमित'

३ घण्टा अगाडि

साताको पहिलो कारोबार दिन सेयर बजार ७.७३ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७९६ अंकमा कायम भएको छ । यसअघि शुक्रबार नेप्से १.५ अंक बढेको थियो ।

कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७४ करोडको भयो । १५७ कम्पनीको मूल्य बढ्दा १०२ को घट्यो भने १० को स्थिर रह्यो ।

उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५२ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक १.१४, बैंकिङ ०.६८, फाइनान्स ०.४२, होटल तथा पर्यटन ०.९७, जीवन बीमा ०.१३, माइक्रोफाइनान्स ०.२९ तथा निर्जीवन बीमा ०.१५ प्रतिशत बढे ।

त्यस्तै हाइड्रोपावर ०.१९, लगानी ०.२८, अन्य ०.४४ तथा व्यापार १.३९ प्रतिशत घटे । ४ कम्पनीको मूल्य १५ प्रतिशत बढ्यो । १५ प्रतिशत बढेका कम्पनीमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज, कर्पोरेट डेभलपमेन्ट बैंक, शिखर पावर र सिटी होटल छन् । झापा इनर्जीको ९.४४ तथा ग्रिन डेभलपमेन्ट बैंकको ६.८६ प्रतिशत मूल्य बढ्यो ।

माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत् कम्पनी, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंक छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

तिलोत्तमा वडा कार्यालयमै स्थानीयमाथि साङ्घातिक आक्रमण

दाङमा चारदिने स्वीप अप्रेसन: १६२ जना नियन्त्रणमा, ५ फरार पनि पक्राउ

सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सूचीकृत गर्ने सरकारको निर्णय

सङ्खुवासभाको च्याङरीङ विद्यालयमा प्रधानाध्यापक र शिक्षकबीच कार्यकक्षमै हातपात

कैलालीमा युवतीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

सुनकोशी नदीमा बेपत्ता शमशेर राई पाँच दिनपछि मृत फेला

शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु

बँदेलको आक्रमणबाट एक युवकको मृत्यु