'बँदेलको आक्रमणबाट एक युवकको मृत्यु'

६ घण्टा अगाडि

चुरेपाखामा पर्ने सर्लाहीको लालबन्दी नगरपालिका–१५, झरझरा पिङखोल्सीमा बँदेलको आक्रमणबाट एक युवकको मृत्यु भएको छ ।

मकै बारीमा आउने बँदेल धपाउन बसेका दावा भन्ने ३२ वर्षीय प्रेमबहादुर थिङको बँदेलकै आक्रमणबाट मृत्यु भएको हो ।

थिङलाई आइतबार साँझ अन्य केही मानिससँग मिलेर मकै बारी खान आउँदा लखेटेको बँदेलले आक्रमण गरेको वडाध्यक्ष गोरखबहादुर बलले बताए ।

बँदेलको आक्रमणबाट घाइते थिङलाई उपचारका लागि लालबन्दी बजारतर्फ ल्याउनेक्रममा बाटोमा नै मृत्यु भएको परिवारले जनाएको छ । घटनाबारे प्रहरीमा जानकारी आएपछि घटनास्थलको प्रकृति मुचुल्का गरी आइतबार राति १२ बजे लालबन्दी फर्किएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० वीरेन्द्रसिंह जोहारीले जानकारी दिए ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । सर्लाहीमा पछिल्लो समय जिल्लाभर नै बँदेलले मकैलगायतका अन्य बालीनाली खाएर असाध्य दुःख दिने गरेको किसानले गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

दाङमा चारदिने स्वीप अप्रेसन: १६२ जना नियन्त्रणमा, ५ फरार पनि पक्राउ

सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सूचीकृत गर्ने सरकारको निर्णय

नेप्से परिसूचक ७.७३ अंकले बढ्यो, कारोबार ४.७४ अर्बमा सीमित

सङ्खुवासभाको च्याङरीङ विद्यालयमा प्रधानाध्यापक र शिक्षकबीच कार्यकक्षमै हातपात

कैलालीमा युवतीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

सुनकोशी नदीमा बेपत्ता शमशेर राई पाँच दिनपछि मृत फेला

शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु

काठमाडौंबाट पोखरा जाँदै गरेको ईभी माइक्रो धादिङमा दुर्घटना