सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले परिश्रमी पक्राउ परेको पुष्टि गरे । उनका अनुसार बैंकिङ कसुर सम्बन्धी मुद्दाको अनुसन्धानका लागि परिश्रमी पक्राउ परेका हुन् ।
‘बैंकिङ कसुरको मुद्दामा फरार देखिएपछि पक्राउ गरेर अनुसन्धान सुरु गरेका हौं,’ एसपी भट्टराईले भने ।
सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेसँगै परिश्रमी पक्राउ पर्नुले उक्त घटनासँग जोडेर समेत हेर्ने गरिएको छ ।
यसअघि पनि सुकुमवासी बस्ती हटाउने क्रममा उनले प्रहरीमाथि नै बल प्रयोग गरेको आरोप थियो । त्यतिबेला परिश्रमीविरुद्ध मुद्दा चलेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0