'रास्वपा सभापति रवि लामिछाने मुद्दा स् बिहीबारको सुनुवाइ स्थगित'

६ दिन अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको मुद्दा संशोधनको निर्णय विरुद्ध परेको रिट निवदनको सुनुवाइ बिहीबारका लागि स्थगित भएको छ ।

महान्यायाधिवक्ता कार्यालयले सुनुवाइ स्थगित गर्न दिएको निवेदनका आधारमा बिहीबार तय भएको सुनुवाइ स्थगित भएको हो ।

बिहीबार न्यायाधीशहरू नृपध्वज निरौला, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासमा मुद्दाको पालो परेको थियो ।

मुद्दा संशोधनको निर्णयमाथि सर्वोच्च अदालतमा तीनवटा छुट्टाछुट्टै रिट निवेदन दर्ता भएकोमा संयुक्त इजलासका दुई न्यायाधीशहरूले गम्भीर कानुनी प्रश्न उठाउँदै मुद्दालाई तीन सदस्यीय पूर्ण इजलासमा पेस गर्न आदेश दिएका थिए ।

सर्वोच्च अदालतले त्यसपछि बिहीबार पहिलोपटक मुद्दाको सुनुवाइको मिति तय गरेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

दुई दिनमै सुनको भाउ ६ हजार रुपैयाँले घट्यो

फेरि बढ्यो सार्वजनिक यातायात भाडा

आज अपराह्न ४ बजेदेखि तीव्र हावाहुरी: धेरै प्रदेशका जिल्ला प्रभावित हुने

बुटवलमा स्कुटर दुर्घटनामा २ जनाको मृत्यु, एकजना घाइते

ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

जलेका गाडीको नाममा स्वास्थ्य मन्त्रालयमा इन्धन दुरुपयोग

वाणिज्य बैंकहरुको खुद नाफा १९.३० प्रतिशतले वृद्धि, ४९ अर्बभन्दा बढी कमाए

नवलपुरमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु