'पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान'

६ घण्टा अगाडि

पाटन दरबार स्क्वायरको एक डबलीमा बुधबार साँझ मारिएका २६ वर्षीय सिर्जन नेम्वाङ र ३३ वर्षीय सुमित नेम्वाङको हत्यासँग लागुऔषध दुर्व्यसनीको भूमिका देखिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार दाजुभाइलाई पालैपालो चक्कुले हानेर रगताम्य बनाउने ललितपुर महानगरपालिका–९, भोलढोकाका सञ्जीव नेपाली लागुऔषधका दुर्व्यसनी र डिप्रेसनका बिरामी हुन् ।

भाइ सुमितले घटना हुनुभन्दा केही घण्टा अगाडि अरु कसैलाई गरेको फोन सञ्जीवको नम्बरमा परेपछि घटनाको शुरुवात भएको थियो । उक्त फोन संवादमा ‘र।।।को छोरो’ भन्दै अश्लील शव्दको प्रयोग भएको र आमालाई गाली गरेको शब्द सहन नसकेर आफू उत्तेजित भएको सञ्जीवले अनुसन्धानरत प्रहरीलाई बताएका छन् ।

तर, लागुऔषधको दुर्व्यसनका कारण उनको दिमाग एकोहोरिएको र त्यही तालमा उनले अन्धाधुन्ध आक्रमण गरेको प्रहरीको निचोड छ ।

ललितपुर जिल्ला प्रहरी स्रोतका अनुसार लागुऔषधको दुर्व्यसन र बहुलठ्ठीपूर्ण व्यवहारका कारण सञ्जीवकी पत्नीले ६ वर्षअगाडि छाडेर हिँडेकी थिइन् । ११ वर्षकी छोरी सञ्जीवसँगै थिइन् ।

उनका बुबाआमा भोलढोकास्थित घरमै बस्छन् । उनीहरु काठमाडौं महानगरपालिकाअन्तर्गत सरसफाई कर्मचारी हुन् । सञ्जीवको लागुऔषध दुर्व्यसनी र बहुलठ्ठीपूर्ण व्यवहारका कारण बाबुआमा पनि आजित थिए ।

उनले काम गर्ने मासु पसलका सञ्चालकले घरको अवस्था र नावालिका छोरीको भविष्य सम्झिएर मात्रै काम लगाएको, अन्यथा उनकै व्यवहार काम दिनेखालको नभएको प्रहरीलाई बताएका छन् ।

सिर्जन र सुमित दाजुभाइ बुधबार करिव ७ बजेको समयमा पाटनढोका पुग्दा उनीहरु पनि उत्तिकै आक्रामक थिए । उनीहरुले मोबाइल फोनबाटै ‘रङ नम्बर परेछ, गल्ती भयो, सरी’ भनेर पटक पटक भनेको, तर आमाको नाममा गरेको गाली सहन नसकेर आफू फोन संवाददेखि नै उत्तेजित भएको सञ्जीवले स्वीकारेका छन् । दोहोरो संवादका क्रममा दाजुभाइले पनि त्यही शैलीमा जवाफ फर्काउँदा आफू थप उत्तेजित भएको उनको भनाइ छ ।

घटना सार्वजनिक स्थानमा भएको थियो, जुन दृश्यलाई त्यसबेला दरबार स्क्वायरमा भएका प्रत्येक मानिसले हेरिरहेका थिए । तरु, छुट्याउन जान कोही सकेनन् । दाइ सिर्जन छुट्याउन जाँदा उनीमाथि नै आक्रमण भएपछि छुट्याउन चाहने अरु मानिस पनि भयभित हुँदा दाजुभाइको ज्यान गएको प्रहरीको ठहर छ ।

पक्राउ गर्ने ‘साहसी’ महिला प्रहरी

प्रहरीस्रोतका अनुसार घटना हुँदाहुँदै चक्कुसहित भागेका सञ्जीवलाई त्यहीँ ड्युटी गरेकी एक प्रहरी जवान महिलाले हिम्मतका साथ नियन्त्रणमा लिएकी हुन् ।

प्रहरी देख्नासाथ कृष्ण मन्दिरको पछाडितिरबाट सञ्जीव भागिरहेका थिए । बाटोमा एक महिला र एक पुरुष लाठी बोकेर ड्युटीमा तैनाथ थिए । त्यसमध्ये महिला प्रहरी सञ्जीवको पछिपछि दौडिइन् । करिव २०० मीटरसम्म लखेटेपछि हातमा चक्कु बोकेका सञ्जीवसँग ती महिला प्रहरी आमनेसामने भइन् ।

त्यसपछि उनले चक्कु बोकेको हातमा करिव चार-पाँच पटक लाठीले हानिन् । चक्कु भुइँमा खस्यो । सञ्जीव एउटा रेष्टुरेण्टमा लुक्न पुगे । महिला प्रहरी रेष्टुरेण्टभित्रै छिरिन् । सञ्जीवलाई नियन्त्रणमा लिँदा महिला प्रहरीमाथि दुव्र्यवहारको प्रयास गरेका थिए । तर, वरिपरि भएका मानिसले साथ दिँदा महिला प्रहरी उनलाई पक्राउ गर्न सफल भएकी थिइन् ।

जिल्ला प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले ती महिला प्रहरीको नाम अहिले नखुलाइएको, केही दिनमै पुरस्कृत गरिने बताए । अहिले जिल्ला प्रहरी परिसर, ललितपुरको हिरासतमा सञ्जीवसहित नवलपरासी जिल्ला, गैँडाकोटका गगन सुनार पनि राखिएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने