'ईप्सा देवदहद्वारा एसईई दिने विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम'

४ हप्ता अगाडि

पूर्वी क्षेत्र निजी विद्यालय परिवार (ईप्सा) देवदह रुपन्देहीको आयोजनामा यही २०८२ को एसईई परीक्षामा सम्मिलित हुने संगठनमा आवद्ध ५ सय २० जना विद्यार्थीहरुलाई एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

बर्षभरि विभिन्न अतिरिक्त कार्यक्रम तथा खेलकुद महोत्सव, शिक्षक तालिम र विभिन्न शैक्षिक बहस जस्ता रचनात्मक कार्यक्रम सम्पन्न गरिसकेको संगठनले परीक्षाको सम्मुखमा विद्यार्थीहरुलाई हौसला प्रदान गर्न र परीक्षालाई सहजरुपमा ग्रहण गर्नका लागि उत्प्रेरणात्मक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको अध्यक्ष राम बहादुर गुरुङले बताउनुभयो । देवदह क्षेत्र देशभरिमा उत्कृष्ट नतिजा ल्याउने नगरपालिका भएकोले सो नतिजा ल्याउनमा संगठनले आयोजना गर्ने यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो ।

सो कार्यक्रमको सहजीकरण प्रशिक्षक ईश्वर श्रेष्ठले गर्नुभएको थियो । उहाँले विद्यार्थीहरुको मनोबललाई उच्च बनाउनको लागि विभिन्न प्रसंग र तथ्यहरुलाई जोड्दै निकै रोचक र उत्कृष्ट तरिकाबाट प्रशिक्षण गर्नुभएको कार्यक्रममा उपस्थित शिक्षकहरुले बताउनु भएको छ । कार्यक्रम अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षता कोषाध्यक्ष कृष्णप्रसाद गैरेको स्वागत र सचिव बिनोद थापामगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
100%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
यो पनि पढ्नुहोस

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना