'देवदह ई.बो स्कूलमा सदनात्मक दोहोरी प्रतियोगिता सम्पन्न'

१ महिना अगाडि

रुपन्देहीको देवदह ७ मा अवस्थित देवदह ई. बो स्कूलमा सुनौलो बाल क्लबको आयोजनामा सदनात्मक दोहोरी प्रतियोगिता कार्यक्रम २०८२ सम्पन्न भएको छ। कार्यक्रम विद्यालयको प्रांगणमा एक कार्यक्रमका बीच सोमबार सम्पन्न भएको हो।

कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणअन्तर्गत २०८२ फागुन ११ गते चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो। कक्षा १ र २ बीच सम्पन्न कक्षागत चित्रकला प्रतियोगितामा कक्षा २ ‘रोज’ की मुस्कान थापा प्रथम, कक्षा २ ‘लिलि’ का सृयान साहु द्वितीय तथा कक्षा १ ‘लिलि’ का डुकुल सिंजाली तृतीय हुन सफल भए।

त्यसैगरी कक्षा ३, ४ र ५ का विद्यार्थीहरूबीच भएको अन्तर्सदनात्मक चित्रकला प्रतियोगितामा पहेलो सदनकी अनुष्का पाण्डे प्रथम, निलो सदनका आभाष जैसी द्वितीय तथा रातो सदनका निकोल चापागाई तृतीय भए।

दोस्रो चरणअन्तर्गत २०८२ फागुन १८ गते कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूबीच अन्तर्सदनात्मक लोक दोहोरी प्रतियोगिता सम्पन्न भयो। उक्त प्रतियोगितामा हरियो सदन प्रथम हुन सफल भयो। विजेता टोलीमा अनुश्रा पौडेल, दीया वि.क., सागर काफ्ले र उज्ज्वल थापा रहेका थिए।

कार्यक्रमको अध्यक्षता दीया न्यौपानेले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा विद्यालयका प्राचार्य मनोज कुमार गैरेको उपस्थिति रहेको थियो। निर्णयक मण्डलमा सुमन गुरुङ, दुर्गा तिवारी बस्याल र भगवती तिवारी रहनुभएको थियो।

कार्यक्रमलाई अझ आकर्षक बनाउन वाद्यवाचनतर्फ शिशिर काफ्ले, सुधन काफ्ले, उज्ज्वल काफ्ले, वैभव थापा, इशान पौडेल तथा रिदम के.सी.ले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। कार्यक्रमको सञ्चालन विद्यार्थी आयुष उपाध्यायले गरेका थिए।

विद्यालयमा आयोजित उक्त कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्नुका साथै कला र संस्कृतिप्रति रुचि अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने