'आईएसएमटी कलेज बुटवलमा होस्पिटालिटी र आईटी क्षेत्र केन्द्रित ‘जब फेयर’ सम्पन्न'

२ महिना अगाडि

बुटवल। लुम्बिनी प्रदेशमै पहिलो पटक स्नातक तहका विद्यार्थीलाई लक्षित गर्दै आईएसएमटी कलेज बुटवलले ‘जब फेयर’ आयोजना गरेको छ। तिलोत्तमा–स्थित कलेजले सोमबार आयोजना गरेको उक्त कार्यक्रम होस्पिटालिटी र सूचना प्रविधि (आईटी) क्षेत्र केन्द्रित थियो।

जब फेयरमा बुटवलका १३ वटा प्रतिष्ठित कम्पनीहरूको सहभागिता रहेको थियो। जसमा ११ वटा आईटी तथा सफ्टवेयर कम्पनी र २ वटा पाँचतारे होटल सहभागी थिए। मेलामार्फत ५० भन्दा बढी रोजगारी अवसरहरू उपलब्ध गराइएका थिए भने करिब २०० जना विद्यार्थीले अन–द–स्पट अन्तर्वार्तामा सहभागिता जनाएका थिए।

स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई प्रत्यक्ष रोजगारी बजारसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजका क्याम्पस प्रमुख जीवन पौड्यालले जानकारी दिए। शिक्षालाई केवल किताबी ज्ञानमा सीमित नराखी व्यवहारिक सीप र करियरसँग जोड्ने कलेजको रणनीति अन्तर्गत यो कार्यक्रम गरिएको उनले बताए।

कार्यक्रममा दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रम संयोजक तथा आईटी को–अर्डिनेटर दिपेश पाण्डेयले बताए। उनले मेलाअघि विद्यार्थीहरूलाई सीभी लेखन, अन्तर्वार्ता तयारी र कार्यस्थल शिष्टाचारसम्बन्धी तालिम दिइएकाले उनीहरू आत्मविश्वासी देखिएको बताए।

मेलामा सहभागी सिन्थबिट ग्रुपका चिफ अपरेटिंग अफिसर अमृत खनाल ले दक्ष आईटी विद्यार्थी तथा होस्पिटालिटी उद्योगलाई आवश्यक जनशक्ति यही जब फेयरबाट सहज रूपमा पाउन सकिएको बताए। कार्यक्रमले विद्यार्थी र स्थानीय कम्पनी दुवैलाई फाइदा पुग्ने बताउँदै प्रत्येक वर्ष यस्ता जब फेयर आयोजना हुनुपर्नेमा जोड दिए।

हाल आईएसएमटी कलेज बुटवलमा आईटीतर्फ ४०० भन्दा बढी र होस्पिटालिटीतर्फ १५० भन्दा बढी गरी कुल ५५० भन्दा बढी विद्यार्थी स्नातक तहमा अध्ययनरत छन्। भविष्यमा डिजिटल साक्षरता, डाटा एनालिटिक्स र नेतृत्व विकासजस्ता सीपलाई पाठ्यक्रममा अझ प्रभावकारी रूपमा समावेश गर्दै विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने लक्ष्य कलेजले लिएको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने