'यू–१७ अन्तर एकेडेमी जिल्लास्तरीय क्रिकेटको उपाधि वेस्टर्न क्रिकेट एकेडेमीलाई'

२ महिना अगाडि

देवदह । यू–१७ अन्तर एकेडेमी जिल्लास्तरीय क्रिकेट प्रतियोगिता–२०८२ को उपाधी वेस्टर्न क्रिकेट एकेडेमीले जितेको छ। मंगलबार भएको फाइनल खेलमा नेपथ्य टी.सी.ए लाई १ विकेटले पराजित गर्दै वेस्टर्न क्रिकेट एकेडेमीले उपाधी जितेको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपथ्य टी.सी.ए ले २९ दशमलव ५ ओभरमा आफ्नो सबै बिकेट गउमाउदै १२३ रन बनायो। टिमका लागि लक्ष्मण कुमालले ६४ बलमा ४३ रन, अमन बोहराले १३ रन र सन्दिप यादवले ११ रन जोडे । बलिङमा वेस्टर्न क्रिकेट एकेडेमीका सुप्रीम कंडेलले ५ विकेट र ईशाक रेनले ३ विकेट लिएका थिए।

जितका लागि १२४ रनको लक्ष्य पाएको वेस्टर्न क्रिकेट एकेडेमीले ३९ दशमलव २ ओभरमा ९ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गर्यो। टिमका लागि सागर गैरेले ३४ बलमा ३८ रन नटआउट, अनुप न्यौपानेले २३ रन जोडे। बलिङमा नेपथ्य टी.सी.ए का सागर भण्डारीले ६ विकेट, सहज अर्यालले २ विकेट लिए। उक्त खेलको म्यान अफ द म्याच सागर भण्डारी घोषित भएका थिए। प्रतियोगिताको बेस्ट बलर शशिधर टन्डन, बेस्ट ब्याट्सम्यान सुप्रीम सुनार र म्यान अफ दि सिरिज सागर भण्डारी घोषित भएका थिए। स्टार क्रिकेट एकेडेमीको आयोजनामा देवदह ७ स्थित देवदह क्रिकेट मैदानमा भएको प्रतियोगितामा ६ टिम सहभागी थिए।

प्रतियोगितामा विजेता, उपविजेता हुने टीमलाई देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेल, पुर्व कुशन नेपाल क्रिकेटका अध्यक्ष तथा अन्तरास्ट्रिय म्याच रेफ्री सत्री जित सरकार, खेलकुद मञ्चका अध्यक्ष सुमन अधिकारी, नगर खेलकुद विकास समितिका अध्यक्ष कमल पाण्डे, लुम्बिनी खुकुरी क्लबका अध्यक्ष महेश थापा लगाएतले शिल्ड, मेडल र ट्रफीले सम्मान गर्नु भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी