'देवदहमा प्रथम जिल्लास्तरीय पूर्वसैनिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न'

३ महिना अगाडि

देवदह । रुपन्देहीको देवदहमा आयोजित प्रथम जिल्लास्तरीय पुर्वसैनिक व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता अन्र्तगत भएको भेन्ट्रास तर्फ बलबहादुर राना र दिलबहादुर गुरुङ्गको जोडीले उपाधी जितेको छ ।

प्रतियोगिताको फाईनल खेलमा प्रितम सारु र पुरण रानाको जोडिलाई पराजीत गर्दै उपाधी जितेको हो । खेलमा २१–१६, २३–२१ को सोझो सेटमा प्रितम सारु र पुरण रानाको जोडिलाई हराउदै बलबहादुर राना र दिलबहादुर गुरुङ्गले उपाधी जितेको हो । उपाधी जितेसंगै बलबहादुर राना र दिलबहादुर गुरुङ्गको जोडिले नगद २० हजार र ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा उपविजेता बनेको प्रितम सारु र पुरण रानाको जोडिले नगद १५ हजार संगै ट्रफी प्राप्त गरेको छ ।

त्यसैगरी खुल्ला तर्फ भएको प्रतियोगितामा नविन गुरुङ्ग र पुरण रानाले उपाधी जितेको छ । फाईनल खेलमा दिपक गलामी र श्याम घर्तीको जोडिलाई हराउदै उपाधी जितेको हो । खेलमा २१–१५, २१–१८ को सोझो सेटमा नविन गुरुङ्ग र पुरण रानाले उपाधी जितेको हो । उपाधी जिते संगै नविन गुरुङ्ग र पुरण रानाले नगद ५ हजार र ट्रफी प्राप्त गरेको छ । उपविजेता बनेको दिपक गलामी र श्याम घर्तीले नगद ३ हजार संगै ट्रफी प्राप्त गरेको छ ।

त्यसैगरी सुपर भेन्ट्रास तर्फ भएको खेलमा देवबहादुर सारु र गोरे विरकट्टाले उपाधी जितेको छ । फाईनल खेलमा दुर्गा बहादुर गुरुङ्ग र निरबहादुर रानालाई २१–१५, २१–१७ मा सोझो सेट जितेको हो । जित संगै देवबहादुर सारु र गोरे विरकट्टाले नगद ८ हजार, ट्रफी प्राप्त गरेको छ । उपविजेता बनेको दुर्गा बहादुर गुरुङ्ग र निरबहादुर रानाले नगद ६ हजार र ट्रफी प्राप्त गरेको छ । खेलमा तृतिय हुने पहलस्ंि थापा, मिन सारु र दलबहादुर थापा, गंगा पुनले नगद ४÷४ हजार प्राप्त गरेको छ । प्रतियोगितामा भेन्ट्रास तर्फ नेत्रबहादुर काम्मु, लालबहादुर थापा, सुकबहादुर राना, घमबहादुर गाहा तृतिय हुदै नगद ७÷७ हजार र ट्रफी प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी