देवदह नगरपालिका–८ स्थित जनता माध्यमिक विद्यालयमा सरस्वती पूजा, रक्तदान कार्यक्रम, सरस्वती मन्दिरको शिलान्यास, शिक्षक तथा विद्यार्थी सम्मान, साथै स्काउटको ‘मिसन शिक्षा’ कार्यक्रम एकैसाथ सम्पन्न भएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा ढकालको अध्यक्षता तथा देवदह नगरपालिका–८ का वडा अध्यक्ष हरि प्रसाद पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रमअन्तर्गत सम्पन्न रक्तदान कार्यक्रममा २५ प्वाइन्ट रगत संकलन गरिएको थियो। उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति सदस्यहरू तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
सोही अवसरमा विद्यालयमा आजबाट संगीत (Music) कक्षाको समेत औपचारिक रूपमा सुरुवात गरिएको छ। विद्यालयले यस्ता कार्यक्रमहरूले शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुका साथै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।