'सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित युवक पक्राउ'

३ महिना अगाडि

सिन्धुलीमा ठूलो मात्रामा अमेरिकी डलरसहित एक जना व्यक्ति पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय खुर्कोट र सशस्त्र प्रहरीको संयुक्त टोलीले गोलन्जोर गाउँपालिका–७ स्थित माथिल्लो बजार चेकपोष्टमा सवारी साधन चेकजाँचका क्रममा युवराज नेवारलाई पक्राउ गरेको हो ।

काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बा १६ च ८०४८ नम्बरको टाटा सुमो जाँच गर्दा नेवारसँग रहेको कालो झोलाबाट ५७ हजार अमेरिकी डलर (१०० दरका ५७० नोट)  र नेपाली १२ हजार रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।

घटनासँग सम्बन्धित थप अनुसन्धानका लागि सुमो चालक विक्रम लिम्बूलाई पनि नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

मंगलबार राति घ्याङलेक गाउँपालिका–२ बस्तीपुर, हायुटारस्थित नेपाल एसबीआई बैंकमा लुटपाटको घटना भएपछि प्रहरीले राजमार्गमा कडाइ गरेको थियो। सोही क्रममा चेकजाँच गर्दा डलरसहित नेवार पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै