'अन्नपूर्ण इङ्गलिस सेकेन्डरी स्कुलको रजत जयन्ती माघ २ देखि'

३ महिना अगाडि

सुनवल । सुनवल–७ स्थित अन्नपूर्ण इङ्गलिस सेकेन्डरी स्कुलले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरी २६औँ वर्षमा प्रवेश गरेको अवसरमा रजत जयन्ती मनाउने भएको छ । २०५७ सालमा स्थापना भएको विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन, नैतिक मूल्य र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै निरन्तर शैक्षिक सेवा प्रदान गर्दै आएको विद्यालयका प्रिन्सिपल नेत्र रिजालले बताए ।

आइतबार विद्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रिन्सिपल रिजालले माघ २ गते रजत जयन्ती समारोहको औपचारिक उद्घाटन सुनवल–७ का वडा अध्यक्ष नारायण आचार्यले गर्ने जानकारी दिए । उद्घाटनसँगै सप्ताहव्यापी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछ । कार्यक्रम अन्तर्गत शिक्षक, अभिभावक र विद्यार्थीको सहभागितामा प्रभातफेरी तथा विद्यार्थी स्पोर्ट्स मिट आयोजना गरिनेछ ।

यसैगरी माघ ४ गते अभिभावक स्पोर्ट्स मिट तथा फुड फेस्टिवल, माघ ५ गते निःशुल्क स्वास्थ्य परीक्षणसहित स्वास्थ्य शिविर सञ्चालन गरिने विद्यालयले जनाएको छ । सोही दिन रक्तदान कार्यक्रम, अभिभावक प्रशिक्षण, पूर्व विद्यार्थी, शिक्षक तथा कर्मचारी सम्मान कार्यक्रम पनि तय गरिएको छ ।

माघ ७ गते रजत जयन्ती मूल समारोहको समापन गरिने छ । समापन समारोहमा सुनवल नगरपालिकाकी प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यता रहने विद्यालयले जनाएको छ । सो अवसरमा सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने कार्यक्रम रहेको प्रिन्सिपल रिजालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष नारायण आचार्यले २५ वर्षको यात्रा पूरा गरेको विद्यालय सुनवल क्षेत्रको दक्षिण–पश्चिम भेगको अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित भएको बताए । विद्यालयले अतिरिक्त क्रियाकलापमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाउँदै सफलता हासिल गरेको उल्लेख गर्दै उनले युवा व्यवस्थापन टिमको लगनशीलताले उत्कृष्ट शैक्षिक उपलब्धि सम्भव भएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा रजत जयन्ती मूल समारोह समितिका संयोजक भिमदेव ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे, देवदह आदर्श बहुमुखी क्याम्पसका पूर्व प्राचार्य मित्रलाल न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

कक्षा १० सम्म अध्ययन अध्यापन हुने अन्नपूर्ण इङ्गलिस सेकेन्डरी स्कुलमा हाल ६७४ जना विद्यार्थी अध्ययनरत छन् । ३९ जना शिक्षकसहित ५३ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको विद्यालयले २०६८ सालदेखि एसएलसी (हालको एसईई) मा सहभागिता जनाउँदै आएको छ । विद्यालयबाट हालसम्म ७ सयभन्दा बढी विद्यार्थी एसईई उत्तीर्ण भइसकेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी