'सुनको मुल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ७० हजार माथी'

३ महिना अगाडि

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको बुधबार र बिहीबार दुई दिन लगातार घटेको सुनको मूल्य शुक्रबार देखी फेरि बढेको हो।

गएको शुक्रबार तोलामा २१ सय बढेको सुनको मूल्य आज २८ सय बढेर दुई लाख ७० हजार ६ सय पुगेको महासंघले महासंघले जनाएको छ । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो । यस्तै सुनको मूल्य शुक्रबार दुई लाख ६७ हजार आठसय रुपैयाँमा कारोबार भएको थियो।

गत पुस १३ गते सुनको मूल्य दुई लाख ७० हजार ६ सय पुगेर फेरि सस्तिएको थियो। आज फेरि सुनले पुरानै मूल्यको उच्च रेकर्ड कायम गरेको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै