'श्री शारदा माध्यमिक विद्यालयमा दीक्षान्त समारोह सम्पन्न'

३ महिना अगाडि

पाल्पा। तानसेन नगरपालिका वडा नं. ८ मा अवस्थित श्री शारदा माध्यमिक विद्यालयमा शारदा स्काउट ट्रुपद्वारा  दीक्षान्त समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रम तानसेन नगरपालिका वडा नं. ८ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सोमनाथ आर्यालको प्रमुख आतिथ्यता र विद्यालयका प्रधानाध्यापक एवं शारदा स्काउट दलका अध्यक्ष खेमराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सोमनाथ आर्यालले दीक्षित विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्दै सेवा भाव, इमानदारी र अनुशासनलाई जीवनको मूल आधार बनाउन आग्रह गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई देश, समाज तथा मानवताको सेवामा सधैं अग्रपंक्तिमा उभिन सक्ने जिम्मेवार नागरिक बन्न प्रेरित गर्नुभयो।

त्यसैगरी, विद्यालयका प्रधानाध्यापक तथा कार्यक्रमका अध्यक्ष खेमराज न्यौपानेले स्काउट गतिविधिले विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता र अनुशासन निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै दीक्षित विद्यार्थीहरूले असल र आदर्श व्यक्तित्व निर्माण गरी अन्य विद्यार्थीहरूका लागि पनि प्रेरणाको स्रोत बन्नुपर्ने बताउनुभयो।

दीक्षान्त समारोहमा ३३ जना मेम्बरशिप ब्याज तथा ३४ जना बी.पी. पिक ब्याज प्राप्त गर्दै स्काउट सदस्यहरू दीक्षित भएका थिए। कार्यक्रममा शारदा स्काउट दल समिति सदस्य राधा गौतम, स्काउट मास्टर तिला भण्डारी, विद्यालय व्यवस्थापन समिति पदाधिकारीहरू लगाएतको उपस्थिति रहेको थियो।

कार्यक्रम स्काउट मास्टर माधवप्रसाद भट्टराईको स्वागत मन्तव्य र स्काउट मास्टर मिरा देवी ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
90%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
10%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 10
यो पनि पढ्नुहोस

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी