'१६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीको समापन'

३ महिना अगाडि

बुटवलमा जारी १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव बिहीबार दिउँसो औपचारिक रूपमा समापन हुने भएको छ। पुस ३ गते अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गर्नुभएको उक्त प्रदर्शनीको समापन समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थिति रहने अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो।

‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने नारासहित आयोजना गरिएको प्रदर्शनीमा नेपालमै उत्पादित वस्तुहरूको प्रदर्शन तथा बिक्री गरिएको थियो। ५ सय स्टलको तयारी भए पनि स्वदेशी उत्पादन नभएका सामग्री बेच्न खोज्ने व्यवसायीलाई स्थान नदिइएको वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले बताउनुभयो।

प्रदर्शनीलाई आकर्षक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, लोकदोहोरी, सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय प्रतियोगिता, भजन तथा प्रदर्शनी आइडलजस्ता कार्यक्रम समावेश गरिएको सांस्कृतिक समितिका संयोजक लालप्रसाद बस्यालले जानकारी दिनुभयो।

अन्तिम दिनहरूमा अवलोकनकर्ताको उल्लेख्य भीड लागेको र कारोबार पनि बढेको उपाध्यक्ष युवराज आचार्यले बताउनुभयो। प्रदर्शनी अवधिभर कुनै अप्रिय घटना नभएको पनि जानकारी दिइएको छ।

प्रदर्शनीमार्फत उद्योगी–उपभोक्ता प्रत्यक्ष सम्पर्क, प्रविधि आदानप्रदान, बजार प्रवर्द्धन तथा पर्यटन विकासमा टेवा पुगेको सचिव अशोक कुँवरले बताउनुभयो। १० वटा पेभिलियनमा ३९ जिल्लाका स्वदेशी उद्योगहरूको सहभागिता रहेको प्रबन्धक यादव भण्डारीले जानकारी दिनुभयो।

८ लाख दर्शक र ३० करोड रुपैयाँ कारोबारको लक्ष्य राखिएको प्रदर्शनी लक्ष्य नजिक पुगेको कोषाध्यक्ष विशाल वेलबासेले बताउनुभयो। प्रचार–प्रसार संयोजक किरण खरेलका अनुसार प्रदर्शनीका गतिविधि मिडिया तथा सामाजिक सञ्जालमार्फत निरन्तर सार्वजनिक गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै