हिमपातमा फसेका १५ सय जनाको नेपाली सेनाले उद्धार गरेको छ ।
मनाङको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकामा फसेका नागरिकहरुको सेनाले उद्धार गरेको हो ।
भारी हिमपात परेपछि फसेका २ सय विदेशी पयर्टकसहित १५ सयको उद्धार गरिएको सैनिक मुख्यालयले बताएको छ
मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको टोलीका साथै प्रहरी र सशस्त्र प्रहरी, स्थानीयको सहयोगमा उद्दार गरी सुरक्षित स्थानमा लगिएको सेनाले बताएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0