'दाना उद्योग भत्किदा उद्योगमै काम गरेका तीन जना मजदुरको मृत्यु, दुई घाइते'

६ महिना अगाडि

चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १२ मा रहेको किसान दाना उद्योगको भित्ता भत्किदा तीन जना मजदुरको ज्यान गएको छ ।

चितवन प्रहरीका प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुुसार दाना उद्योगको भित्ता भत्किदा खैरहनी नगरपालिका वडा नम्बर २ बस्ने ४५ वर्षका शुकराम दराइ, गोरखा घर भई हाल रत्ननगर न.पा.-१२ बस्ने बर्ष ५४ को रेशम दमाई र जिल्ला चितवन रत्ननगर न.पा.-१२ बस्ने ४५ वर्षका कमल गुरुङको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बिहान ९ बजेर ५० मिनेट जाँदा उद्योगको दाना नम्बर ४ को बाल भत्किएको थियो । घटनामा अरु दुई जना मजदुर पनि घाइते भएका जनाइएको छ ।

घाइते हुनेमा पर्सा घर भई हाल रत्ननगर न.पा.१२ बस्ने वर्ष अ. ३९ को जितेन्द्र महतोको हात खुट्टामा चोट लागेको र पर्सा जिल्ला नै घर भइ रत्ननगर न.पा.-१२ बस्ने ४० वर्षका पंकज प्रसाद थारूको हात खुट्टामा चोट लागेको चितवन प्रहरीले जनाएको छ । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

तिलोत्तमा वडा कार्यालयमै स्थानीयमाथि साङ्घातिक आक्रमण

दाङमा चारदिने स्वीप अप्रेसन: १६२ जना नियन्त्रणमा, ५ फरार पनि पक्राउ

सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सूचीकृत गर्ने सरकारको निर्णय

नेप्से परिसूचक ७.७३ अंकले बढ्यो, कारोबार ४.७४ अर्बमा सीमित

सङ्खुवासभाको च्याङरीङ विद्यालयमा प्रधानाध्यापक र शिक्षकबीच कार्यकक्षमै हातपात

कैलालीमा युवतीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

सुनकोशी नदीमा बेपत्ता शमशेर राई पाँच दिनपछि मृत फेला

शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु