'आजबाट रेसुङ्गामा एक महिने साउने मेला सुरु'

१० महिना अगाडि

गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ ।

साउन महिना भर सञ्चालन हुने मेलामा टाढा टाढाबाट दैनिक सयौं भक्तजनहरु आउने गर्छन ।

साउन महिनाभर रेसुङ्गा पोखरीमा स्नान र पुजाआजाका लागि विभिन्न क्षेत्रबाट श्रद्धालुहरुको घुँईचो लाग्ने गर्दछ । साउने संङ्क्रान्तिको अवशरमा आज बिहानैदेखि यस क्षेत्रमा श्रद्धालुहरुको घुँईचो लागि सकेको छ ।

रेसुङ्गा क्षेत्रमा रहेको माहापोखरीको पानीले स्नान गरेपछि श्रद्धालुहरुलाई चारधाम जान नपर्ने र आफुले अञ्जानमा गरेका संम्पुर्ण पापहरु समेत पखालिएर नष्ट हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

साउन महिनाभर रेसुङ्गा पोखरीमा नुहाउने र महापोखरी नजिकै रहेको यज्ञशालामा पुगेर पुजाआजा गर्ने प्रचलन छ । यस क्षेत्रमा गुल्मी लगायत बाग्लुङ्, अर्घाखाँची, प्यूठान, पाल्पा, स्याङ्जा लगायत भारतको अयोध्यासम्मबाट साधुसन्त र भक्तजनहरु आउने गर्दछन् ।

रेसुङ्गा संरक्षण समितिले त्यस क्षेत्रमा यज्ञशाला मन्दिर परिसरमा साउन अवधिभर पुराण वाचन, पाठ पारायण, भजन किर्तन, होम, रुद्री, आदि विशेष धार्मिक कार्यक्रमहरु समेत आयोजना गरेको छ ।

साउने संङ्क्रान्लिाई गुल्मीमा विशेष महत्वको रुपमा मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा