'किसानलाई सहुलियतमा धानको बीउ'

१० महिना अगाडि

रामपुर– सहुलियतमा धानको बीउ पाएपछि पाल्पा रामपुर नगरपालिकाका किसानलाई राहत मिलेको छ ।

कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले सावित्री १४ हजार दुई सय ९८ किलोग्राम, साँवामन्सुली छ हजार चार सय किलो र रामधानको एक हजार तीन सय किलो बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको जानकारी दिए ।
नगरपालिकाले अग्रिम सूचना जारी गरी किसानको मागका आधारमा सात सय १५ किसानलाई २१ हजार नौ सय ९८ किलो बीउ उपलब्ध गराइएको गैरेले बताए।नगरप्रमुख रमणबहादुर थापाले कृषि उत्पादन बढाउन धान, मकै र गहुँलगायत बालीमा अनुदानका कार्यक्रम अगाडि बढाइएको जानकारी दिए । रामपुर उर्बरभूमि रहेकाले नगरपालिकाले कृषि उत्पादन वृद्धि गरेर आत्मनिर्भर बनाउन उत्पादनमूलक कार्यक्रम, विभिन्न उपकरण वितरण, तालिम, गोष्ठी जस्ता कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए। यसरी अनुदानमा बीउ पाएपछि बजारबाट महँगो मूल्यमा धानको बीउ खरिद गर्नुपर्ने बाध्यता टरेको रामपुर-६ का विजयपुरका ओमप्रकाश रेग्मीले बताए।

नगरपालिकाले ५० प्रतिशत अनुदानमा सावित्रीप्रति किलो रु ३४, रामधानर साँवामन्सुलीप्रति किलो रु ३७ का दरले उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने