देवदह । नवौं देवदह राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटनको १० औं दिन मम्मी डान्सिङ्ग आइडल कम्पिटिसन सम्पन्न भएको छ ।
महोत्सव अन्तर्गत मम्मी डान्सिङ्ग आईडल सम्पन्न भएको हो । देवदह क्षेत्रका ९ जनाको सहभागिता रहेको मम्मी डान्सिङ्ग आइडलको उपाधी आशा अधिकारीले जितेकी छिन् । प्रतियोगितामा बुनु बुढामगर द्धितिय र ओममाया भण्डारीले तृतिय स्थान हासिल गरेको संयोजक अन्जु श्रेष्ठले जानकारी दिइन् ।
प्रतियोगितामा विजेताले नगद ७ हजार, द्धितिय हुनेले नगद ५ हजार र तृतिय हुनेले नगद ३ हजार प्राप्त गरेको संयोजक श्रेष्ठले जानकारी दिएकी छिन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0