'म कहाँ आउनु'

२ वर्ष अगाडि

आखाँ भरिएपछि मात्रै म कहाँ आउनु,
ठिकै छ मै पुछिदिउला ।।
मेरो खुसिको मुहान सुकाइ–जाने तिमीलाई
आज खुसिको जरुरत छ अरे,
म कहाँ आउनु
जति चाहिन्छ खुसि सापटि मै दि–दिउला ।।

मन मरेपछि मात्रै म कहाँ आउनु,
ठिकै छ मै सम्झाइदिउला ।।
नि–स्वार्थ मन चोरि मायाको व्यापार गर्ने तिमीलाई
आज स्वार्थको बाढिले बगाउदै छ अरे,
म कहाँ आउनु
मायाको आङकुसिमा मै भुन्डाइदिउला ।।

स्वार्थको भोज अनि पैसाको मोज गरेपछि मात्रै म कहाँ आउनु,
ठिकै छ तिम्रो रमिता मै हेरि–दिउला ।।
मायाको मोल गरि इज्जेतको खोल लगाउने तिमी
आज नि–वस्त्र भौतारिएकी छौ अरे,
म कहाँ आउनु
इमान्दारिताको नयाँ वस्त्र मै फेरि–दिउला ।।

मृत्युले गिजाउन थालेपछि मात्रै म कहाँ आउनु,
ठिकै छ चोटका रुखहरुमा फलेका यादहरु मै चखाउला ।।
समयको बिऊ मुठ्ठिमा राखि खुसिहरु छर्नेे तिमीलाई
आज जिवन नै दिग्दार लाग्दैछ अरे ,
म कहाँ आउनु
इत्ति बाँकि छ भाग्यको रस तिमीलाई पिलाउछु मै नखाउला ।।

©रिता काफ्ले, बुटवल

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना