'क्यानभासमा ऐतिहासिक देवदह कार्यशाला सम्पन्न (फोटो फिचर)'

२ वर्ष अगाडि

देवदह । रुपन्देहीको देवदहमा सञ्चालित दुईदिने क्यानभासमा ऐतिहासिक देवदह कार्यशाला सम्पन्न भएको छ । कार्यशालाको शनिबार एक समारोहकाबीच लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले समापन गर्नुभएको हो ।

समापन समारोहमा बोल्दै मन्त्री बस्नेतले कार्यशालाले पर्यटन प्रबर्द्धनमा ठूलो टेवा दिने बताउनुभयो । उनले कलाकारहरुले निकै मिहिनेतका साथ बुद्ध र देवदहको इतिहास उतारेको बताउँदै यसका लागि प्रदेश सरकार सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य जानकी न्यौपाने, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिराबहादुर खत्री, वडाअध्यक्ष मोहन बहादुर जि.सी., नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्रज्ञा गोविन्द चौधरी लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो ।

२४ जना कलाकारले क्यानभासमा उतारेका चित्रहरुमा देवदहको इतिहास कोरिएको छ । कार्यशालाबाट बनेका २४ वटा चित्रहरुलाई व्यवस्थित रुपमा राख्ने ड्रिम देवदह यूनिटि फर चेञ्जका सचिव दिपेश बस्यालले जानकारी दिनुभयो ।

ड्रिम देवदहको आयोजना, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा भएको कार्यशालाको देवदह नगरपालिका संरक्षक, पर्यटन डिभिजन कार्यालय रूपन्देही सह–आयोजक र लुम्बिनी विकास कोष प्रर्वद्धक रहेको कार्यक्रम ड्रिम देवदहका अध्यक्ष सिद्धचरण भट्टराईको अध्यक्षता, खयर डाँडा संरक्षण समितिका सल्लाहकार पितम्बर खरेलको स्वागत र पवन पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यशालाको शुक्रबार लुम्बिनी प्रदेशका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती अधिकारीले उद्घाटन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश