'देवदह महोत्सव; डान्सिङ आइडियलकालागि २० प्रतिस्प्रर्धी छनोट'

२ वर्ष अगाडि

देवदह महोत्सव; डान्सिङ आइडियलकालागि २० प्रतिस्प्रर्धी छनोट/ simrikaawaj

रुपन्देही // रुपन्देहीको देवदहमा लाग्न थालेको आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा हुने डान्सिङ आईडियलका लागि अडिशन भएको छ । शनिबार भएको अडिशनमा २० जना प्रतिस्प्रर्धीहरु छानिएका छन् । अडिशनबाट छानिएका प्रतिस्प्रर्धीले माघको ५ गतेदेखि हुने महोत्सवमा प्रतिस्प्रर्धा गर्ने डान्सिङ आइडियल संयोजक कमला अर्याल पाण्डेले जानकारी दिनुभयो ।

महोत्सवमा कडा प्रतिस्प्रर्धा गराईने र त्यसबाट छानिएका एक जनालाई विजेता बनाइने अर्यालले बताउनुभयो । पहिलो दिनको छनोट अडिशनमा नृत्य प्रशिक्षक विश्व गुरुङ, रवि मल्ल लगायतले निर्णायकको भुमिका निभाउनु भएको थियो भने आकाश विकले डान्सिङ अडिशन कार्यक्रमको संचालन गर्नु भएको थियो ।

देवदह उद्योग बाणिज्य संघको आयोजनामा माघको २५ गतेदेखि फागुन ८ गतेसम्म संचालन हुने महोत्सवमा सांस्कृतिक कार्यक्रम अन्तरगत अन्यमा डान्सिङ्ग आईडल, अन्तर विद्यालय लोकगीत, लोकनृत्य प्रतियोगिता, कपल डान्स प्रतियोगिता, अन्तर आमा समुह लोकगित प्रतियोगिता, आईडल, फ्रि–स्टाईल थ्री मिनेट प्रतियोगिता, अन्तर टोल विकास संस्था डोरी तान्ने प्रतियोगिता लगायतका कार्यक्रमहरु हुने साँस्कृतीक उपसमितिका संयोजक तेजु अर्यालले जानकारी दिनुभयो ।महोत्सवमा कलाकारहरुको उल्लेखनीय सहभागिता रहने छ । राष्ट्रिय तथा स्थानीय गरि पचाँस बढी कलाकारहरुले देवदह महोत्सवमा आफ्नो प्रस्तुती देखाउने भएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी