'देवदहमा पशुमा देखिने बाँझोपन रोग निवारण सम्बन्धी शिविर सुरु'

२ वर्ष अगाडि

देवदह // रुपन्देहीको देवदहमा पशुमा देखिने बाँझोपन रोग निवारण सम्बन्धी गोठ देखि गोठ शिविर सुरु गरिएको छ । देवदह नगरपालिकाको पशु विकास शाखाको आयोजनामा वडा नं ११ स्थित सुभारम्भ एग्रो फार्मबाट उक्त शिविर सुरु गरिएको हो । शिविरको एक कार्यक्रमका बिच देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले शुभारम्भ गर्नुभएको हो।

शिविरको शुभारम्भ गर्दै उप प्रमुख गुरुङले यो शिविर कृषकहरुको लागि अत्यन्त खुशीको कुरा रहेको बताउनुभयो । कृषकहरुले पालेका भैँसी, बाख्रा लगायत अन्य पशु चौपायामा रहेको बाँझोपनबाट अब छुटकारामा मिल्ने विश्वास ब्यक्त गर्नुभयो । उहाले देवदह नगरपालिकाले पशुपालन कृषकलाई ५०% पशु विमामा अनुदान अगाडी बढाएको सो अवसरमा बताउनुभयो। उहाले कृषि र पशुपालनबाट आर्थिक वृद्धि गर्न सकिने कुरामा जोड दिनुभयो ।

सोहि अवसरमा बोल्दै पशु विज्ञ डाक्टर लक्ष्मण प्रसाद घिमिरेले पशुमा बाँझोपनको समस्या बढिरहेको बेला यस्ता सेवाले टेवा पुग्ने बताउनुभयो। उहाले गोठ-गोठ कार्यक्रमले बाँझोपनको समस्या संगै अन्य समस्याको पनि समाधान हुने बताउनुभयो।

कार्यक्रम देवदह नगरपालिका वडा नं ११ का अध्यक्ष दुधनाथ यादवको अध्यक्षता र पशु विकास शाखाका अधिकृत प्रवीण गौडेलको सञ्चालनमा सम्पन्न भएको थियो। सो अभियान एक हप्ता सम्म सञ्चालन हुने देवदह नगरपालिकाका पशु शाखा प्रमुख हर्क दानीले बताउनुभयो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना