'आजदेखि लुम्बिनी एक्स्पो सुरु; पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल बाट उद्घाटन हुदै'

२ वर्ष अगाडि

बुटवल । बुटवलकाे पर्दशनी स्थलमा आजदेखि लुम्बिनी एक्स्पो-२०८० तथा अन्तर्राष्ट्रिय व्यापार मेला लाग्ने भएको छ ।

रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका पुसको १८ गतेसम्म लुम्बिनी एक्स्पो २०८० सञ्चालन हुनेछ ।

एक्स्पोको बिहीबार आज दिउँसो पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एक्स्पोमा १०विदेशीसहित ६ सय स्टल रहेका छन् ।

जसमा होटल तथा रेष्टुरेन्टका –२३, उनी, गार्मेन्ट तथा तयारी पोशाकका-१४१, अन्तर्राष्ट्रिय-१०, कृषि-४३, ब्याग/जुत्ताचप्पल-६८, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनी-७८, श्रृंगार, उपहार तथा खेलौना-५२, फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिक सामान-५३, बैंक/वित्तीय संस्था एवं शैक्षिक संस्था-१८, अटोमोवाइल्स, लुब्रिकेशन, टायर तथा पार्टस-६, आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स-१६, आइसक्रिम तथा वेकरीज-१८, पुस्तक, किप, स्टेशनरी तथा स्पोर्टस-८, औषधिजन्य पदार्थ तथा कृषि उत्पादनका ६६ स्टल रहेको रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयाे ।
मेलामा करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको घिमिरेले बताउनु भएकाे छ ।

मेलामा गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित प्रदेशभित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक महत्त्व बोकेका सम्पदाहरू एवं स्थलहरूको प्रवर्द्धनात्मक प्रचारप्रसार गरिने आयोजकले बताएकाे छ ।

कोरोनापछि बुटवलको व्यापार व्यवसायमा केही शिथिलता छाएका बेला यो मेलाले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको दाबी छ ।

त्यस्तै मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति समेत रहने छ । त्यसैगरी डान्स आइडियल, लोक दोहोरी प्रतियोगिता, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, विद्यालय स्तरीय वादविवाद प्रतियोगिता, र्‍याप गीत प्रतियोगिता र भजन प्रतियोगिता गराइने आयोजकले बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी