'गुल्मीका कृषकलाई कृषि मेशिनरी औजार उपकरण मर्मत तालिम'

२ वर्ष अगाडि

गुल्मी । मिनि टेलर मेसिन (हलो) लगायत कृषि मेशिनरी औजार उपकरण बिग्रिएर हैरानी खेप्दै आएका गुल्मी जिल्लाका कृषकलाई तालिम प्रदान गरिएको छ। कृषिको आधुनिकरणका लागि विभिन्न समयमा कृषकलाई प्रदान गरिएका मिनि टेलर (हलो) लगायतका सामाग्रीहरु सामान्य ज्ञान पनि नहुँदा कृषकलाई समस्या हुँदै आएको छ।

गुल्मी जिल्लाका १२ वटा स्थानीय तहका २५ जना अगुवा कृषकलाई मिनि टेलर मेसिन (हलो) लगायत कृषि मेशिनरी औजार उपकरण मर्मत सम्बन्धी तालिम प्रदान गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ गुल्मीले ३ दिनसम्म कृषकहरुलाई कृषि मेशिनरी औजार उपकरण मर्मत तालिम प्रदान गरेको हो।
सरकारी निकायबाट विभिन्न समयमा कृषकलाई आवश्यक पर्ने सामाग्रीहरु प्रदान गरे पनि सामान्य मर्मत नहुँदा कतिपय कृषकले ती सामाग्री यत्तिकै फाल्ने गरेको पनि पाइन्छ। कतिपय कृषकहरुले गाउँगाउँमा बिग्रीएर मर्मतको लागि जिल्ला सदरमुकाम तम्घास ल्याउनुपर्ने अवस्था रहेको थियो।
यहिँ समस्यालाई समाधान गर्न जिल्लाका कृषकलाई मर्मत सम्बन्धी तालिम प्रदान गरिएको हो।

तालिमबाट सिप सिकेपछि अब गाउँमा गएर मर्मत गर्नसक्ने भएको कृषकहरुको भनाइ छ। अगुवा कृषकहरु छनोट गरेर गाउँका पनि कृषि मेशिनरी औजार उपकरणहरु गाउँमै मर्मत गर्न सक्ने गरि तालिम प्रदान गरिएको हो। दक्ष प्राबिधिकको अभाबमा कृषकले आफु सँग भएको मिनि टेलर हलो लगायतका कृषि मेशिनरी औजार उपकरण मर्मतका लागि सदरमुकाम सम्म बोक्न पर्ने समस्या अन्त्यका लागि तालिम राखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ गुल्मीका प्रमुख गंगा कुमारी पोखरेलले बताइन।

विनिन्न समयमा कार्यालयबाट अनुदानमा वितरणमा गरिएका कृषि औजार सामाग्रीहरु मर्मत नहुँदा गाउँमै थन्कीने अवस्था आउन थालेपछि कृषकलाई मर्मत तालिम प्रदान गरिएको पोखरेलले बताइन।

किशानलाई उन्नत प्रविधिबाट खेती प्रणाली गर्न, उत्पादन बृद्धि गर्न र कम समयमा परिश्रमबाट खेतीपाती गर्नका लागि कृषि मेशिनरी औजार उपकरणहरु प्रदान गरिदै आएको छ। कृषिको आधुनिकीकरणसँगै गाउँमा कृषकहरुले गोरु पाल्न समेत छोडी सकेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी