'देवदहमा वृहत रक्तदान कार्यक्रम सम्पन्न, ५१ पिन्ट रगत संकलन'

३ वर्ष अगाडि

देवदह // देवदहमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ देवदह, लायन्स क्लब अफ देवदह प्रोफेसनल युथ र तिलोत्तमा रक्तदाता समाजको आयोजना र लियो क्लब अफ लर्ड बुद्ध, लियो क्लब अफ देवदह र लियो क्लब अफ बुटवल मणिमुकुन्द युथको सह आयोजना उक्त कार्यक्रम भएको हो।कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको कार्यवाहक नगर प्रमुख विद्या लक्ष्मी गुरुङले लायन्स लियोले हामी सेवा गर्छौं भन्ने सिद्धान्तलाई आत्मसाथ गर्दै निस्वार्थ भावनाका साथ समाजसेवा गर्दै आईरहेको बताउनुभयो। उहाले देवदह नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिएर अघि बढिरहेको बताउनुभयो। देवदह नगरपालिकाले जेष्ठ नागररिकलाई सुगर र प्रेसरको निशुल्क दबाई समेत दिदै आएको उहाले बताउनुभयो। उहाले देवदहको कोई बिरामीलाई रगतको आवश्यक परे एक बर्षमा १५ प्याकेट ब्लड निशुल्क नगरपालिकाले उपलब्ध गराउदै आएको बताउनुभयो। साथै लायन्सको सेवा रुपी कार्यक्रम तल्लो तह सम्म पुर्याउन अनुरोध गर्दै क्लबले गरेका कार्यक्रममा पालिका र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको जानकारी दिदै लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका अध्यक्ष लायन कमल पौडेलले कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्ने सम्पूर्ण संघ संस्था तथा रक्तदाता उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा देवदह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, देवदह नगरपालिकाको नगर प्रवक्ता तथा वडा नं ५ का अध्यक्ष गणेश डुम्रे, डिस्ट्रीक एड्भाईजर लायन विष्णु पौडेल, लायन्स क्लब अफ देवदह युनाईटेडका अध्यक्ष माधव आचार्य, डिस्ट्रीक डिपाटमेन्ट मेम्बर शोभा थापा, रोटरी क्लब अफ देवदहका अध्यक्ष डा. सुन्दर पाण्डे, जोन चियरपरसन बिनोद थापा मगर, क्लस्टर चिफ राम बहादुर गुरुङ लगाएतको उपस्थिति रहेको थियो।

कार्यक्रम लायन्स क्लब अफ देवदहका अध्यक्ष मन बहादुर क्षेत्रीको अध्यक्षता, तिलोत्तमा रक्तदाता समाजका अध्यक्ष गोबिन्द बञ्जाडेको स्वागत र लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका सचिब दिपेश पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना