'गाइभैसिमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न देवदह नगरपालिकाको सक्रियता'

३ वर्ष अगाडि

देवदह // रुपन्देहीको देवदह नगरपालिकाले गाईभैसीमा देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रण गर्न सक्रियता देखाएको छ। सोमबार बिहान बसेको नगरपालिकाको विशेष बैठकले केन्द्र सरकारसंग खोप माग गर्ने लगायतका पाँच निर्णय गरेको छ।

देवदह नगरपालिकाको कार्यवाहक नगर प्रमुख बिद्यालक्ष्मी गुरुङज्युको अध्यक्षतामा , प्रमुख प्रसासकिय अधिकृत , वडा अध्यक्षहरु, पशु स्वास्थ्य शाखा प्रमुख , पशु प्राबिधिकहरु सहितको आकस्मिक बैठक बसेर पशुमा देखिएको लम्पी स्किन रोग रोकथाम तथा नियन्त्रणको लागि छलफल सप्पन्न भएको गरेको हो।

बैठक बाट तपशिल बमोजिमको निर्णय भएको छ
१. लम्पी स्किन रोगले देवदहमा पशुपालक किसानलाई पारेको प्रभाव हालसम्म मरेका गाई संक्रमणमा परेका गाइको संख्या तिनको अवस्था रिपोर्टिङ सहित पशुलाइ तत्काल खोपको ब्यवस्था गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने

२.लम्पी स्किन रोग सम्बन्धि पशुपालक किसानलाई जनचेतना जगाउने
३. लम्पी स्किनबाट गाई भैसिलाइ जोगाउन प्राथमिक उपचारको लागि जोरोको लागि सिटमोल,घाउमा लगाउने मलम र दुखाइ कम गर्ने पेन्किलर पशुशाखा बाट निशुल्क उपलब्ध गराउने

४. वडागत रुपमा गाइ भैसिमा देखिएको समस्याको दैनिक रिपोर्टिङ पशुशाखामा गर्न किसानहरुमा अनुरोध गर्ने, रोग नियन्त्रणको लागि जनप्रतिनिधि पुर्णरुपमा परिचालन हुने निर्णय भएको छ।
५. आज नै १२ वटै वडा समितिको बैठक गरेर पशुपालक किसान माझ जनचेतनामूलक कार्यक्रम लिएर घर घरमा पुग्ने निर्णय भएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी