'सामाजिक न्याय स्थापना गर्न नेकपा एमाले कटिबद्ध छ – एमाले उपाध्यक्ष पौडेल'

३ वर्ष अगाडि

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको हितमा आदिवासी जनजातिको गौरपूर्ण इतिहास रहेको बताएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका पौडेलले जनजातिमा भाषा, धर्म र संस्कृतमा विविधता भएपनि राष्ट्रिय रुपमा एकता रहेको बताए ।

रुपन्देही क्षेत्र नं. २ स्तरीय जनजाती भेलालाई सम्बोधन गर्दै नेता पौडेलले पछाडि पारिएको समाजको उत्थानको लागि नीतिगत सुधार गर्दै राष्ट्रिय मुलधारमा अगाडि ल्याउन एमाले सधैं तयार रहेको बताए । उनले वर्गीय, जातीय विभेदलाई समाप्त गरेर न्यायपूर्ण समाज निर्माण गरी सामाजिक न्याय स्थापना गर्न नेकपा एमाले कटिबद्ध रहेको बताए ।
रुपन्देही क्षेत्र नं. २ बाट २ पटकसम्म लगातार निर्वाचित सांसद पौडेलले समतामूलक समाज निर्माण गर्न जसंख्याको आधारमा हरेक समुदायको सम्मानजनक प्रतिनिधित्व गराउँदै अगाडि बढ्दै जाने एमालेको नीति रहेको बताएका थिए ।

शनिबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ निर्वाचन परिचालन कमिटीको भेलालाई सम्बोधन गर्दै पौडेलले भाषिक, सांस्कृतिक, धार्मिक विविधता देशको सम्पत्ति भएको बताउँदै विभिन्न प्रकारका विभेदहरुको अन्त्य गर्दै अगाडि बढ्नु पर्नेछ त्यसकालागि नेकपा एमाले दृढ संकल्प रहेको बताए ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा