'नेपालले बंगलादेशसँग निर्णायक खेल खेल्दै'

३ वर्ष अगाडि

काठमाडौं । बंगलादेशको ढाका भइरहेको साफ यू-१५ महिला च्याम्पियनसिपमा आज (बिहीबार) नेपालले घरेलु टोली बंगलादेशसँग अन्तिम खेल खेल्दैछ ।

बीएसएसएसएमके स्टेडियममा हुने उक्त खेल खेल्न मैदान उत्रँदा नेपालको राष्ट्रिय यू-१५ महिला टिमसामु ऐतिहासिक उपाधि जित्ने अवसर छ ।

नेपालको सिनियर महिला टोलीले समेत अहिलेसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । जुनियर टिमहरु पनि बारम्बार चुक्दै आएका छन् ।

नेपालले बंगलादेशसँग खेल्दा उपाधि जित्ने लक्ष्य राखेको छ । समिकरण पनि स्पष्ट छ । बंगलादेशलाई हराएर वा बराबरी गरे मात्र पनि नेपालले उपाधि जित्नेछ । बंगलादेशले जित निकालेमा भने नेपाल उपविजेता हुनेछ ।

नेपाल, बंगलादेश र भुटान गरी तीन टिम मात्र सम्मिलित यो प्रतियोगिता डबल राउण्ड रोविन लिगको आधारमा खेलाइएको छ । भुटान आफ्नो चारवटै खेलमा पराजित हुँदै अंकविहीन भएर घर फर्किसकेको छ ।

नेपालले खेलेको तीनवटै खेल जित्दै ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले भुटानलाई ७-०, बंगलादेशलाई १-० र भुटानलाई १-० ले पराजित गरेको थियो । उता बंगलादेशको दुई जित र एक हारबाट ६ अंक छ । भुटानलाई ८-० र ९-० ले पराजित गरेको बंगलादेश नेपालसँग भने पराजित भएको थियो । नेपालको गोल अन्तर ९ छ भने बंगलादेशको गोल अन्तर १६ छ ।

त्यसैले नेपालले बंगलादेशसँग हार जसरी भए पनि टार्नुपर्छ । च्याम्पियनसिपमा यअसघि खेलेको खेलमा नेपालले वर्षा ओलीको एक मात्र गोलमा बंगलादेशलाई पराजित गरेको थियो । प्रतियोगितामा बंगलादेशका सौरभवी अकान्डा प्रितीले दुई ह्याट्रिकसहित सर्वाधिक ९ गोल गरिसकेकी छन् ।

नेपालकी वर्षा ओलीले एक ह्याट्रिकसहित ५ गोल गरेर दोस्रो स्थानमा छिन् । सुक्रिया मिया र सेनु परियारले समान दुई गोल गरेका छन् ।

साफ यू-१५ महिला च्याम्पियनसिपमा नेपाल पहिलो पटक उपाधि नजिक छ ।

यसअघि २०१९ मा बंगलादेशमै भएको तेस्रो संस्करणमा नेपाल तेस्रो भएको थियो र त्यो नै नेपालको अहिलेसम्मको उत्कृष्ट नतिजा हो । अहिलेसम्म भएका तीन संस्करणमध्ये बंगलादेशले दुई र भारतले एक पटक उपाधि जितेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा