'अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न'

४ वर्ष अगाडि

देवदह // रुपन्देहीको देवदह नगरपालिका वडा नं ८ मा महिला दिदिबहिनी संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।उपमेयर संग महिला लक्षित कार्यक्रम अन्तर्गत वडामा महिला दिदिबहिनीहरुको आवश्यकता अनुसारको कार्यक्रम उपलब्ध गराउने हेतुले सो कार्यक्रम आयोजना गरिएको देवदह नगरपालिकाका नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले जानकारी दिनु भयो ।

कार्यक्रमकाे प्रकाश पार्दै गुरुङले महिलाहरु आर्थिक , सामाजिक र शैक्षिक हिसाबले पछि परिरहेको बताउनुभयो। जब सम्म महिलाहरू आर्थिक हिसाबले बलियो हुदैनन् तब सम्म कोई पनि सबल हुन नसक्ने उहाले बताउनुभयो । पहिला विभिन्न तालिमहरु भएपनि तालिममै मात्र सिमित रहकाे बताउदै अघिल्लो स्थानीय सरकार पछि उपप्रमुख संग महिला लक्षित कार्यक्रम राखिएको र यस बाट महिलाहरकाे अपेक्षा अनुसार उनीहरूकै रोजाईमा आगामी दिनमा अन्य कार्यक्रम पनि राखिने उहाले बताउनुभयो । उपप्रमुख संग महिला कार्यक्रम अन्तरगत नै अघिल्लो ५ बर्षमा मखमलको जुत्ता बनाउने, ढकिया बनाउने, सिलाई कटाई , चुरा पोते लगायत विभिन्न तालिमहरू आयोजना गरिएको थियो । उहाले महिला सक्ष्म भए घर, परिवार र समाज सक्ष्म हुने बताउनुभयो।

अन्तरक्रिया कार्यक्रममा कुरा राख्दै सहभागी बाट महिलाहरुले उत्पादन गरेका वस्तुको बजारको उचित व्यवस्थापन नभएको, लगानी नउठ्ने समस्या रहेको बताएका थिए । कार्यक्रम देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरि पाण्डेको अध्यक्षता, वडा सदस्य हरि पौडेलको स्वागत र वडा सचिव राम प्रसाद शर्माको सञ्चालनमा भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

२५ वर्ष कैद सजाय सुनाइएका हत्याका दोषी फरारपछि पक्राउ

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक: सचिव नियुक्तिदेखि कार्यविधि स्वीकृतिसम्म निर्णयहरू

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी दरबन्दी थपिने, अर्थ मन्त्रालयबाट स्वीकृति

सिन्धुलीमा जन्ती बोकेको बोलेरो दुर्घटना, पाँच जना घाइते

सिरहाको बरियारपट्टी छोटी भन्सार बन्द गर्ने निर्णयविरुद्ध आन्दोलन, हुलाकी मार्ग अवरुद्ध

दोस्रो चरणमा १७ लाख स्मार्ट लाइसेन्स छपाइ सुरु, असारभित्र सक्ने लक्ष्य

जुम्लामा वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ