काठमाडौं //काठमाडौंको दशरथ रंगलाशामा आज भएको फाइनल खेलमा बंगलादेशले ऐतिहासिक उपाधि जितेको छ।सोमबार भएको फाइनलमा घरेलु टोली नेपाललाई ३-१ ले पराजित गर्दै बंगलादेशले ऐतिहासिक उपाधि जितेको हो।
पहिलो हाफको १३औं मिनेटमा बंगलादेशकी साम समुन्नहरले र ४२औं मिनेटमा कृष्णरानी सरकारले गोल गरेकी हुन् । ७० औं मिनेटमा नेपाल खेलमा फर्कियो ।
अनिता बस्नेतले अमिशा कार्कीको पासमा गोल गर्दै स्कोर २-१ बनाइन् खेलको ७७ औं मिनेटमा कृष्णारानीले व्यक्तिगत दोस्रो गोल गरिन् । त्यस लगत्तै फेरि एक गोल खाएको थियो । निर्धारित समयपछि नेपाल ३-१ ले पराजित हुन पुगेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0