रुपन्देही // आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमाले रूपन्देही निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि खिमलाल भट्टराईको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ।
एमाले ५ नं. क्षेत्रीय कमिटीको आईतवार बसेको बैठकले पार्टीका पोलिटब्युरो सदस्य समेत रहेका भट्टराइको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो।
नेकपा एमाले निकट अनेरास्ववियुका पुर्व अध्यक्ष समेत रहेका भटराई अहिले राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक हुन। उनी सैनामैना पाँचका स्थानीय बासिन्दा एवम मतदाता हुन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0