'सल्यानमा एसिड प्रहारबाट तीन जना घाइते'

४ वर्ष अगाडि

सल्यान । सल्यानमा एसिड प्रहारबाट तीन जना घाइते भएका छन् । जिल्लाको दार्मा गाउँपालिका–३ चम्पुटाकुराका अन्दाजि ५० वर्षीय बेचे रावतले एसिट प्रहार गर्दा भाइ–बुहारीसँग अर्का एक जना घाइते भएका हुन ।

बेचेले एसिड प्रहार गर्दा ४९ वर्षिय भाई भीमबहादुर रावत, उनकी ४० वर्षीया श्रीमती दिपा रावत र छिमेकी ३२ वर्षीय भीमबहादुर रावत घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिनुभयो । घाइते तीनै जनाको नेपालञ्जमा सामान्य उपचारपछि अहिले काठमाडौंमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको आफन्तहरुलाई उदृत गर्दै खनालले बताउनुभयो।सोमबार साँझ ७ बजेतिर भाइ–बुहारीसँग आर्थिक विषयमा विवाद हुँदा बेचेले एसिड प्रहार गरेका थिए । उनले मदिरा सेवन गरेर एसिड प्रहार गरेको पाइएको प्रहरी निरीक्षक खनालले बताउनुभयो ।

उहाँका अनुसार बेचेलाई सोमबार नै प्रहरीले पक्राउ गरेको थियो । अदालतबाट म्याद थप गरी उनीमाथि अहिले अनुसन्धान भइरहेको छ । बेचेले सल्लाको खोटो निकाल्न प्रयोग हुने एसिड प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा