'जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ'

४ वर्ष अगाडि

झापा।  १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हल्दिवारी गाउँपालिका-२ बस्ने ३० वर्षीय ईन्द्रजित मण्डललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । मण्डलले ती बालिकालाई ललाई फकाई पटकपटक जबरजस्ती करणी गरेको र पीडितको स्वास्थ्य परीक्षण गराउँदा गर्भ समेत रहेको भन्ने जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यसैगरी झापा, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१५ बिचारनी टोल बस्ने २८ वर्षीय हरि राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राजवंशीले ती किशोरीलाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा